मकवानपुर गोल्डकप फागुनमा नहुने, मैदान तयार पारिँदै

तु खबर संवाददाता
२०७६ फाल्गुन १२, सोमबार १६:३५
७ चैत्त २०७५ मा हेटौंडामा भएको शहीद स्मृति ‘मकवानपुर गोल्डकप’ फुटबल प्रतियोगिताको लागि निर्माण गरिएको अस्थायी प्यारापिट । फाइल तस्बिर ।

हेटौंडा, १२ फागुन । बागमती प्रदेशको मुकाम हेटौंडामा हुने भनिएको स्थानीय तह मकवानपुर गोल्डकप–२०७६ फागुनमा नहुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक क्यालेण्डर अनुसार मकवानपुर गोल्डकप फागुन २९ गतेदेखि चैत्त ८ गतेसम्म गर्नुपर्ने थियो । तर, जिल्ला फुटबल संघ मकवानपुरले फागुनभित्रै गोल्डकप गर्न नसक्ने जनाएको छ ।

फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामाका अनुसार फागुनमै गोल्डकप हुने सम्भावना लगभग सकिएको छ । फागुनभित्रै मकवानपुरमा दुई गोल्डकप हुने भएपछि मकवानपुर गोल्डकपको मिति सार्न एन्फालाई अनुरोध गरिसकेको अध्यक्ष लामाले जानकारी दिनु भयो ।

आज आइतबार मकवानपुरको पुर्वी गाउँपालिका बागमतीमा जारी तेस्रो बागमती गोल्डकप सकिँदै छ । जिल्लामा एकै महिनामा दुई गोल्डकप हुने भएपछि मिति सार्नलाई एन्फालाई जानकारी गराएको बताउँदै अध्यक्ष लामाले मकवानपुर गोल्डकप चैत २० गते पुग्ने सक्ने जनाकारी दिनु भयो ।

फुटबल संघका सुबिन घिमिरेले पनि एन्फाको वार्षिक क्यालेण्डर अनुसार फागुनभित्रै गोल्डकप नहुने बताउनु भयो । घिमिरेले चैतमा गर्ने गरी गोल्डकपको मिति सर्ने सम्भावना धेरै रहेको तु खबरलाई जानकारी दिनु भयो ।

जिल्लाका १० वटै स्थानीय सरकारको आर्थिक सहयोगमा मकवानपुर गोल्डकप हुँदैछ । यसअघि भुगर्भ सिमेन्ट हेटौंडा गोल्डकप भएको थियो भने यसवर्ष स्थानीय तह मकवानपुर गोल्डकप हुन लागेको हो ।

गोल्डकपको लागि मकवानपुरका १० वटै स्थानीय तहलाई संघले गोल्डकपको बारे पत्र मार्फत जानकारी गराइसकेको छ । २०७५ मा भएको गोल्डकपको अबसरमा मकवानपुरका स्थानीय तहले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

गोल्डकपको लागि मैदान तयार पारिँदै

मकवानपुर गोल्डकप हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुने भएको छ । यसअघिका गोल्डकप संस्करण पनि संस्थानको फरेष्ट्रि खेल मैदानमा हुँदै आएको थियो ।

गोल्डकपका लागि फुटबल संघले फरेष्ट्रि मैदानको मर्मत सम्भार सुरु गरेको छ । संघका घिमिरेले दिएको जानकारी अनुसार मैदानमा माटो बिछ्याउने, झार उमार्नका लागि पानी हाल्ने काम भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*