‘घुस मागेको’ अडियो बाहिरिएपछि सञ्चार मन्त्री बाँस्कोटाले दिए राजीनामा

तु खबर संवाददाता
२०७६ फाल्गुन ८, बिहीबार १५:२१

काठमाडौं, ८ फागुन । संघीय सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । ७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् ।

प्रतिनिधिसभाको संसद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिनु भएको छ । बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिशन मागेको अडियो सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो ।

सञ्चारमन्त्रीले बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै कांग्रेसले सञ्चारमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न सरकारसँग माग पनि गरेको थियो ।

मन्त्री बाँस्कोटाको सेक्युरिटी प्रेस खरिद प्रकरणमा लेनदेनसम्बन्धि अडियो सार्वजनिक भएपछि यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान आकस्मिक छलफल भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान अध्यक्षद्वयबीच मन्त्री बाँस्कोटाको राजिनामाबारे छलफल भएको नेकपा सचिवालय स्रोतले जनाएको छ । भ्रष्टाचारको कुरा आएकाले राजिनामा माग्नुपर्ने नेताहरुबीच छलफल भइरहेको छ।

यो पनि पढ्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*