मन्त्री बाँस्कोटाको राजीनामा बारे ओली–प्रचण्डबीच आकस्मिक छलफल

तु खबर संवाददाता
२०७६ फाल्गुन ८, बिहीबार १३:०५
फाइल तस्बिर

काठमाडौं, ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको सेक्युरिटी प्रेस खरिद प्रकरणमा लेनदेनसम्बन्धि अडियो सार्वजनिक भएपछि यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आकस्मिक छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि अध्यक्षद्वयबीच मन्त्री बाँस्कोटाको राजिनामाबारे छलफल भएको नेकपा सचिवालय स्रोतले जनाएको छ । भ्रष्टाचारको कुरा आएकाले राजिनामा माग्नुपर्ने नेताहरुबीच छलफल भइरहेको छ।

नेकपा सचिवालय सदस्य तथा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले यसबारे आफुहरुलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।

‘कसैले पनि भ्रष्टाचार गरेको प्रमाणित ठहरिए त्यसबारे प्रधानमन्त्रीज्यूले आवश्यक प्रक्रिया अघि बढाउनु हुन्छ,’ प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘मन्त्रीज्यूको जून कुरा छ यसमा अहिले केही भन्न चाहन्नँ ।’

नेकपा सचिवालयका एक सदस्यका अनुसार मन्त्री बाँस्कोटाको राजीनामा माग्ने विषयमा छलफलका लागि प्रधानमन्त्रीले केही मन्त्रीहरुसहित आफूलाई पनि बोलाएको बताए । नयाँपत्रिका दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*