पूर्वसांसद भागवत ज्ञवालीको निधन
पाल्पा, ६ फागुन । पूर्वसांसद भागवत ज्ञवालीको निधन भएको छ । उहाँको ७६ वर्षको उमेरमा आज मंगलबार निधन भएको हो ।
उहाँको उपचारको क्रममा काठमाडौंमा निधन भएको हो । छाती, फोक्सो र पिसाबमा समस्या देखिएका उहाँको नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार भइरहेको थियो ।
२०४८ सालमा गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका ज्ञवाली नेपाली कांग्रेस गुल्मीको पहिलो सभापतिसमेत हुनुहुन्थ्यो ।
