मकवानपुरमा ६५ वटा साइवर क्राइमको उजुरी

तु खबर संवाददाता
२०७६ फाल्गुन ५, सोमबार १५:२८
file photo

हेटौंडा, ५ फागुन । मकवानपुरमा चालु आर्थिक वर्षमा ६५ वटा साइबर अपराधका मुद्दा दर्ता भएको छ । जसमा ५ जना पुरुष र ६० जना महिला रहेका छन् ।

दर्ता भएका अधिकांश मुद्दा आफ्नो तस्बीर राखेर अरुको आईडी चलाउने गरेको र अश्लील तस्बीर पठाउने गरेको पाइएको छ ।

ती सबै मुद्दा यहाँ हेर्ने व्यवस्था नभएकोले काठमाडौंमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिनुभयो । उहाँका अनुसार इमो, फेसबुक ह्याक, फेक आईडी जस्ता कामले जिल्लामा साइवर क्राइमको उजुरी पर्ने गरेको छ ।

केन्द्रमा आव २०७१/०७२ मा २८ वटा, २०७२/०७२ मा ३४ वटा, २०७३/०७४ मा २५ वटा, २०७४/०७५ मा ८१ वटा र २०७५/०७६ मा १ सय ५२ वटा मुद्दा दर्ता भएको प्रहरी निरीक्षक अनिल अधिकारीले बताउनुभयो । उहाँका अनुसार, चालु आवको साउनदेखि माघको अन्तिमसम्म ७९ वटा मुद्दा दर्ता भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*