सन्दिप लामिछानेको चमत्कारिक खेल, अमेरिका ३५ रनमै अलआउट

तु खबर संवाददाता
२०७६ माघ २९, बुधबार १०:४०

काठमाडौं, २९ माघ । बुधबार त्रिवि क्रिकेट कीर्तिपुर मैदानमा भएको नेपालले क्रिकेट विश्वकप लिग २ मा सन्दिप लामिछानेको जादुमय खेलले अमेरिका ३५ रनमै अलआउट भएको छ ।

सन्दीप लामिछानेसँगै सुशन भारीको घातक बलिङसँगै नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको हो । यो एकदिवसीय क्रिकेटकै सबैभन्दा कम स्कोर हो ।
एकदिवसीय क्रिकेटमा सबैभन्दा कम स्कोरको नकारात्मक कीर्तिमानलाई अमेरिकाले बराबार गरेको छ । यसअघि २००४ मा श्रीलंकाले जिम्बाबेलाई हरारेमा ३५ रनमै अल आउट गरेको थियो ।

नेपालले टस जितेर फिल्डिङ गरेपछि अमेरिका १२ ओभरमा ३५ रनमै अलआउट भयो । अमेरिकालाई धराशयी पार्ने क्रममा सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ६ विकेट लिए । एकदिवसीय अन्तराष्ट्रिय नेपाली बलरको यो अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो ।

त्यस्तै सुसन भारीले ३ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर ४ विकेट लिए । अमेरकाबाट ओपनर जेभियर मार्शलले २२ बलमा २ चौका सहित १६ रन बनाए । अन्य कुनै खेलाडीले दोहोरो स्कोर बनाउन सकेनन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*