मनहरीले गौतमबुद्ध रंगशालालाई सय टिपर गिट्टी, बालुवा दिने

तु खबर संवाददाता
२०७६ माघ २८, मंगलवार ०९:३९

हेटौंडा, २८ माघ । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाले चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई गिट्टी, बालुवा र काठ सहयोग गर्ने भएको छ ।

देशैभरीबाट रंगशाला निर्माणको लागि सहयोग जुटिरहेको अवस्थामा मनहरी गाउँपालिकाले पनि रंगशालालाई ५५ लाख मुल्य बराबरको सामग्री सहयोग गर्ने घोषणा गरेको हो ।

निर्माणाधीन रंगशालामा जारी धनधाञ्याचल महोत्सवमा पुगेर सोमबार गाँउपालिका अध्यक्ष एकराज उप्रेतीले सहयोगको घोषणा गरे ।

रंगशाला निर्माणका लागि सय टिपर गिट्टी, बालुवा र एक हजार क्यूफिट काठ दिने गाउँपालिकाले घोषणा गरेको अध्यक्ष उप्रेतीले तु खबरलाई बताए । ‘२५ लाख मुल्य बराबरको १ सय टिपर गिट्टी, बालुवा र ३० लाख मुल्य बराबरको साल जातका १ हजार क्यूफिट गोलाई काठ उलपब्ध गराउने घेषणा गरेका छौं ।’ उनले भने ।

उप्रेतीले रंगशाला निर्माणको क्रममा आवश्यकता अनुसार गिट्टी, बालुवा पठाउने बताए । उनले काठको लागि वन कार्यालय, सामुदायिक वनहरुसँग समन्वय भइरहेको बताएका छन् ।

यसैगरी हेटौंडा उपमहानगरपालिकाले पनि १ सय टिपर गिट्टी ,बालुवा र ३० लाख नगद उलपब्ध गराउने घोषण गरिसकेको छ । नगर प्रमुख हरिबहादुर महतले रंगशाला नै पुगेर सहयोगको प्रतिबद्धता जनाएका थिए ।

मकवानपुरको राक्सिराङ गाउँपालिकाले पनि करिब ५० टिपर गिटी, बालुवा उपलब्ध गराउन छलफल भइरहेको जनाएको छ ।

यसअघि रंगशाला निर्माणका लागि धादिङले पनि १ सय टिपर गिट्टी बालुवा सहयोग गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*