विप्लवका मोरङ इञ्चार्ज नेकपामा प्रवेश

तु खबर संवाददाता
२०७६ माघ २७, सोमबार १४:१३

मोरङ, २७ माघ । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको मोरङ जिल्ला इन्चार्ज उदय राई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । उनी सोमबार नेकपामा प्रवेश गरेका हुन् ।

सोमबार बिहान अध्यक्ष निवास खुमलटारमा उनलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका छन् ।

राईले विप्लव नेतृत्वको नेकपाको भ्रममा परेर रहेका सम्पूर्ण इमान्दार र क्रान्तिकारी साथीहरुलाई अहिलेको आवश्यकतालाई बोध गरी मुलधार नेकपामा आउन आग्रह पनि गरे ।

अध्यक्ष प्रचण्डले देशको समृद्धि र विकासको निर्विकल्प पार्टी नेकपा भएकाले देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरुको मूलप्रवाहमा समाहित भई राष्ट्र निर्माणमा जुट्नु पर्नेमा जोड दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*