समाजवादी पार्टी हेटौंडामा २२ जना प्रवेश
हेटौंडा, २६ माघ । समाजवादी पार्टी नेपाल हेटौँडा–१५ को आयोजनामा वनभोज, प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा सम्पन्न भएको छ ।
कार्यक्रम समाजवादी पार्टी हेटौंडा–१५ का अध्यक्ष हरि रुम्बाको सभाध्यक्षता तथा केन्द्रिय सदस्य डा.धन बहादुर मोक्तानको प्रमुख अथितिमा सम्पन्न भएको हो ।
तत्कालिन सघिय समाजवादी फोरोम पार्टी मकवानपरका अध्यक्ष शुभरत्न गोले, तत्कालिन नयाँ शतिm पार्टी मकवानपुरका संयोजक जिवानमान मोक्तानलगायत अन्य बुद्धिजिविहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममाको अवसर पारेर हेटौंडा–१५ का २२ जना समाजवादी पार्टीमा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टी प्रवेशहरुलाई प्रमुख रुम्बाले खाता लागएर स्वागत गरेका थिए ।
कार्यक्रममा तत्कालिन संघीय समाजवादी फोरोम पार्टी मकवानपरले समाजवादी पार्टी हेटौंडा–१५ लाई सात हजार एक सय रुपैयाँ सहयोगसमेत गरेका थिए ।
