कीर्तिमानी कुशल मल्लले एल्मोरलाई बोल्ड गरे

तु खबर संवाददाता
२०७६ माघ २५,शनिबार १५:४१

काठमाडौं, २५ माघ । नेपालका किर्तिमानी क्रिकेटर कुशल मल्लले अमेरिकी खेलाडी एल्मोरलाई बोल्ड गरेका छन् । अमेरिकाले २४ ओभरको खेलमा ७ विकेट गुमाइसकेको छ ।

नेपालले क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई १ सय ९१ रनको लक्ष्य दिएको छ । नेपालले ७ विकेट लिइसकेको छ । २४ ओभरभित्रै ७ विकेट गुमाएपछि अमेरिका दबाबमा छ ।

अमेरिकाले टस जितेपछि ब्याटिङमा आएको नेपालको तर्फबाट कुशलले ५० र विनोदले ५९ रन बनाएपछि नेपाल ४९.२ ओभरमा १ सय ९१ रन बनाउँदै अलआउट भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*