विवादले स्थगित भयो काँग्रेस केन्द्रीय कार्यसमिति बैठक

तु खबर संवाददाता
२०७६ माघ २२, बुधबार १६:००

मकवानपुर, २२ माघ । भोलि (बिहीबार) का लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । शीर्ष नेताहरूबीच भएको सहमति कार्यान्वयनको विषयमा विवाद भएपछि भोली हुने बैठक माघ २७ गते बस्ने गरी स्थगित गरिएको हो ।

पार्टीका शीर्ष नेताहरूबीच पार्टीको आगामी १४ औं महाधिवेशनको विषयलाई लिएर विवाद र असहमति भएपति भोलीका लागि बोलाएको बैठक पनि स्थगित गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाउँदै स्थगित हुँदै आएको छ । माघ १० गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १४ औँ केन्द्रीय महाधिवेशन गर्ने भनी ११ पुसमा भएको केन्द्रीय कार्यसमिति बैठकको निर्णयलाई अनुमोदन गर्दै प्रदेश, जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, गाउँरनगर र वडा अधिवेशनको मिति भने परिवर्तन गरेको थियो ।

असन्तुष्ट नेताहरूले २६ मंसिरदेखि ११ पुससम्म बसेको केन्द्रीय कार्यसमित बैठकको बहिष्कार गर्दै आएपछि कांग्रेसभित्र शीर्ष नेताहरूबीच नै विवाद भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*