नेकपाको तेस्रो पटक संगठन विभाग विस्तार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संगठन विभागको तेस्रो पटक विस्तार भएको छ । नेकपा बनेको २१ महिनामा यो विभाग आज तेस्रो पटक विस्तार भएको हो ।
नेकपामा तेस्रो पटक संगठन विभाग विस्तार भएर १५ जनाको भएको छ ।
विधानमा ३५ जना हुने भनिए पनि आज थपेकासहित १५ जना पुगेका छन् ।
यो विभाग प्रमुख पार्टी उपाध्यक्ष वामदेव गौतम, उपप्रमुखमा जनार्दन शर्मा, सदस्यहरुमा क्रमशः अष्टलक्ष्मी शाक्य, हरि अधिकारी, भानुभक्त ढकाल, भीम आचार्य, भीम रावल, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, खगराज भट्ट, सत्यनारायण मण्डल, मातृकाप्रसाद यादव, सुदन राई, रेखा शर्मा र जगप्रसाद शर्मा रहेका छन् ।
