फागुन अन्तिम सातादेखि मकवानपुर गोल्डकप

तु खबर संवाददाता
२०७६ माघ २०, सोमबार १३:३७

हेटौंडा, २० माघ । बागमती प्रदेशको राजधानी हेटौंडामा स्थानीय तह मकवानपुर गोल्डकप–२०७६ हुने भएको छ ।
जिल्ला फुटबल संघको आयोजनामा हुने गोल्डकपलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले मिति तय गरेको छ ।

एन्फा क्यालेण्डर अनुसार फागुन २९ गतेदेखि चैत्त ८ गतेसम्म गोल्डकप गर्न मिति उपलब्ध गराएको हो ।

यसअघि भुगर्भ सिमेन्ट हेटौंडा गोल्डकप भएको थियो भने यसवर्ष स्थानीय तह मकवानपुर गोल्डकप हुन लागेको हो । गोल्डकपको लागि मकवानपुरका १० वटै स्थानीय तहले आर्थिक सहयोग गरेका छन् ।

२०७५ मा भएको गोल्डकपको अबसरमा मकवानपुरका स्थानीय तहले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामाले सबै स्थानीय तहले गोल्डकपको लागि रकम छुट्याइसकेको बताए ।

अध्यक्ष लामाका अनुसार फागुन २९ गतेदेखि गोल्डकप गर्ने गरी संघले तयारी सुरु गरेको बताए । केही दिनभित्र संघको साधारणसभा बोलाएर गोल्डकपको लागि जुट्ने लामाले तु खबरलाई जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*