जारी केन्द्रीय समिति बैठक आजै समापन गर्ने
नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले जारी केन्द्रीय समिति बैठक आजै समापन गर्ने निर्णय गरेको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
केन्द्रीय कमिटीका सदस्यहरुले राखेका विभिन्न जिज्ञासा र सुझावलाई सम्बोधन गर्ने गरी नेताहरुबीच छलफलसमेत भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
चार दिनअघि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन प्रस्तुत गरेका थिए ।
तीनै प्रतिवेदनलाई आधार बनाएर केन्द्रीय समितिमा समूहगत छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
