सिटी कलेजको बसमा आगो लगाउनेहरु यसरी भागे, हेर्नुहोस् सिसिटिभी फुटेज

२०७६ माघ १९,आईतवार ०९:३४
Featured Video Play Icon

मकवानपुर १९ माघ । हेटौँडा ५ पिप्लेस्थित जेनिथ इन्टरनेशनल बोर्डिङ स्कुल (सिटी कलेज) को विद्यार्थी बोक्ने बसमा हिजो शनिबार बेलुका अज्ञात समुहले आगो लगाइदिएका छन् ।

अज्ञात समुहले विद्यालयको कम्पाउण्डभित्र रहेको २ वटा बसमा आगो लागाएका हुन् ।
बेलुका करिब ९ बजे ना ७ ख ८७२८ र ना १ क ३२१८ नम्बरको बसमा आगजनी भएको हो । स्थानीयले सो आगो लागेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

आगो लगाउँदै गरेको सिसिटिभी फुटेज तु खबरलाई प्राप्त भएको छ । फुटेजमा २ जनाको समूह आगो लगाएर भाग्दै गरेको देखिएको छ । उनीहरु को हुन भन्ने बारे भने खुलिसकेको छैन ।

यो हेर्नुहोस् –


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*