नयाँ वर्ष २०७७ देखि सुरुङमार्ग निर्माण सुरु– मुख्यमन्त्री पौडेल

तु खबर संवाददाता
२०७६ माघ १८, शनिबार १६:३६
फाइल तस्बिर

हेटौंडा, १८ माघ । बागमती प्रदेश सरकारले २०७७ वैशाख १ गतेदेखि सुरुङमार्ग निर्माण सुरु गर्ने गरी काम अगाडि बढाएको मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् ।

आज शनिवार भएको प्रदेशसभाको दोस्रो वार्षिकोत्सव कार्यक्रमलाई संबोधन गर्दै उनले प्रदेशका १३ वटै जिल्लाको आवश्यकता सुरुङमार्ग रहेको बताए ।

मुख्यमन्त्री पौडेलले सुरुङमार्गको डीपीआरको काम फागुनभित्र सकाउने बताए । उनले चैतमा सुरुङमार्गको बोलपत्र आह्वान गरिने बताउँदै नयाँ वर्षदेखि काम सुरु हुने विश्वास दिलाए ।

प्रदेशको स्थायी राजधानी टुंगो नलागकेका कारण समग्र विकासमा ढिलाइ भएकाले अब तीव्र गतिमा विकास निर्माण हुने मुख्यमन्त्री पौडेलको भनाइ छ ।

उनले अब प्रदेशसभाको अर्को अधिवेशन नयाँ भवनमा हुने र प्रदेशसभा सदस्यहरुको आवासक्षेत्र निर्माणमा समेत प्रदेश सरकार जुटेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*