बुद्धिचाल संघ बागमती प्रदेशमा मकवानपुरका प्रजापतिको नेतृत्व
हेटौंडा, १६ माघ । बुद्धिचाल संघ बागमती प्रदेशको नेतृत्वमा मकवानपुरका ज्ञानकृष्ण प्रजापति निर्विरोध निर्वाचित भएका छन् ।
आज बिहीवार हेटौंडामा भएको संघको प्रथम अधिवेशनले प्रजापतिको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा भक्तपुरका राजेश कक्षपती, सचिवमा काठमाडौंका सुरबिर लामा, कोषाध्यक्षमा मकवानपुरका नरेन्द्र भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।
संघको सदस्यमा दोलखाका उत्तम ढुंगेल, काभ्रेका सुनिल रात्न शाक्य, चितवनका मोहन श्रेष्ठ, महिला सदस्यमा धादिङकी सम्झना रिजाल र ललितपुरकी रश्मा महर्जन निर्वाचित भएको संघका केन्द्रीय सचिव धर्म लामाले जानकारी दिए ।
नेपाल बुद्धिचाल संघको केन्द्रीय बैठक माघ १५ गते बुधवार हेटौंडामा बसेको थियो । संघका अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले संघको सातौं वार्षिक साधारणसभा तथा अधिवेशन चैत २८ र २९ गते बीरगञ्ज महानगरपालिकामा गर्ने निर्णय गरेको छ ।
