बागमती प्रदेश सरकारको लक्ष्यः ‘दुई वर्षभित्र बालबिवाह न्यूनिकरण’

तु खबर संवाददाता
२०७६ माघ १६, बिहीबार १०:५३
file-photo

हेटौंडा, १६ माघ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रमा गरिबी, अशिक्षा, अन्धविश्वास जस्ता सामाजिक कुरितीलाई उन्मुलन गर्न अहिले निकै चुनौतिको सामना गर्नु परेको बताएका छन् ।

बिहिबार शहिद दिवसरको अवसरमा हेटौंडा–११ नवलपुरस्थित शहिद स्मारकमा भएको एक समारोमा सो कुरा बताउँदै मुख्यमन्त्री पौडेलले सन् २०२२ भित्रमा बागमती प्रदेशमा बालबिवाहलाई न्यूनिकरण गर्ने लक्ष्यका साथ प्रदेश सरकार अघि बढेको बताए ।

मुख्यमन्त्री पौडेलले शहिदहरुले राष्ट्र र जनताको लागि दिइएको बलिदानलाई राजनीतिक दलहरुले उपेक्षा गर्नु नहुने बताउँदै जनताको लागि केन्द्र विन्दुमा राखेर राजनैतिक अभ्यासलाई अगाडि बढाउन सके मात्र भ्रष्टाचार जन्य कार्य निरुसाहित हुने धारणा व्यक्त गरे ।

उनले प्रदेशभित्र शिक्षाको गुणस्तरीयलाई बृद्धि गर्न प्राविधिक जनशक्ति उपलब्ध गराउने र बेरोजगार युवाहरुलाई रोजगारीमुलक कार्यक्रमको तर्जुमा गरी जिल्लाको विभिन्न स्थानमा क्रियाशील तुल्याउन सरकारले आर्थिक प्याकेज ल्याउने दृढता व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*