राप्रपा केन्द्रीय कार्य सम्पादनको बैठकमा कमल थापाको राजनीतिक प्रतिवेदन अनुमोदन

तु खबर संवाददाता
२०७६ माघ १५, बुधबार १७:५५
file-photo

काठमाडौँ, १५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको छ । बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले अध्यक्ष कमल थापाको राजनीतिक प्रतिवेदन अनुमोदन गरेको छ ।

बैठकले थापाको समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धी ६ पृष्ठ लामो प्रतिवेदन अनुमोदन गरेको हो ।

पारित भएको सो प्रतिवेदन शुक्रबारदेखि काठमाडौँमा बस्ने केन्द्रीय कार्य समितिको पूर्ण बैठकमा पेश गरिने राप्रपा पार्टी कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*