प्रदेशसभा सदस्यमा नवनिर्वाचित भँडेल काँग्रेसका उपनेतामा नियुक्त

तु खबर संवाददाता
२०७६ माघ १३, सोमबार १६:४७
file photo

हेटौंडा, १३ माघ । भक्तपुर जिल्लाको क्षेत्र नं. १ को ‘क’ बाट नवनिर्वाचित प्रदेशसभाका सदस्य कृष्णलाल भँडेल नेपाली काँग्रेसका उपनेतामा नियुक्त भएका छन् ।

काँग्रेसबाट प्रदेशसभा सदस्यमा निर्वाचित भँडेललाई सोमबार दलका नेता इन्द्रबहादुर बानियाँले उपनेतामा नियुक्ती गरेका हुन् ।

नेता बानियाँले केही महिनाअघि संसदीय दलको मुख्य सचेतकमा राधा घले, उपसचेतकमा छिरिङ दोर्जे लामा, सदस्य सचिवमा निमा लामा र प्रवक्तामा प्रभात तामाङलाई नियुक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*