पार्टी एकतापछिको सदस्यता अद्यावधिक गर्दै नेकपा

तु खबर संवाददाता
२०७६ माघ १३, सोमबार ०८:२७
file-photo

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले एकतापछिका सबै कमिटीका पार्टी सदस्यता विवरण अद्यावधिक गर्ने कार्ययोजना कार्यान्वयनमा ल्याएको छ ।पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालद्वारा हालै जारी विशेष निर्देशन ९अन्तरपार्टी सर्कुलर०मा सो कामका लागि केन्द्रीय संगठन विभागलाई अनुगमनको थप जिम्मेवारीसमेत दिइएको छ । तत्कालीन नेकपा (एमाले)  र नेकपा (माओवादी केन्द्र) बीच ३ जेठ २०७५ मा एकता भई नेकपा गठन भएपछि पार्टीले पहिलोपटक संगठन व्यवस्थापन र आचारसंहिताबारे लिखित निर्देशन जारी गरेको हो ।

निर्देशनमा पार्टीद्वारा प्रत्यक्ष सञ्चालित जनवर्गीय, सामुदायिक र अन्य संगठनको अनुगमन, निरीक्षण र मूल्यांकन गरी सम्बन्धित संगठन तथा तिनका पदाधिकारीलाई सुझाव दिन सक्ने, केन्द्रीय कमिटी मातहतका कमिटी सदस्यले पार्टी स्कुलद्वारा सञ्चालित कक्षामा नियमित रूपमा भाग लिए वा नलिएकोबारे जाँचबुझ गरी सम्बन्धित कमिटीका पदाधिकारीलाई आवश्यक सुझाव दिन सक्ने अधिकार सो विभागलाई दिइएको छ ।

यस्तै, केन्द्रीय कमिटी मातहतका पार्टी कमिटी, संगठित सदस्य र सदस्यका लिखित गुनासा, उजुरी र सुझाव ग्रहण गर्न तथा आवश्यक कारबाहीका लागि सम्बन्धित कमिटीलाई सुझाव दिन सक्ने अधिकार पनि सो विभागलाई दिइएको छ । १३ पुसको नेकपा सचिवालय बैठकले पार्टीको संगठन विभागले प्रस्तुत गरेको संगठन व्यवस्थापनसम्बन्धी कार्ययोजना परिमार्जनसहित पारित गरी यही ५ माघमा विशेष निर्देशन–७ मार्फत मातहतका पार्टी कमिटीलाई कार्यान्वयनका लागि जारी गरेको हो ।

नेकपाको गत ३१ साउनको सचिवालय बैठकले संगठन विभाग प्रमुख सचिवालयका सदस्य वामदेव गौतम र उपप्रमुखमा स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई जिम्मेवारी तोकेको थियो भने गत २९ असोजमा सम्पन्न सचिवालय बैठकले नेताहरू अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई विभागको सदस्यमा मनोनीत गरेको थियो । आजको राजधानी दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*