सांसद दीपक मनाङे ६ हजार धरौटीमा छुटे

तु खबर संवाददाता
२०७६ माघ १२, आईतवार १८:४३

पोखरा, १२ माघ । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङे ६ हजार धरौटीमा छुटेका छन् । आउँदो १३ फागुनमा हाजिर हुने गरी आज आइतबार धरौटीमा छुटेका हुन् । जिल्ला प्रशासन कार्यालय कास्कीमा मागेको धरैटी बुझाएर मनाङे तारेकमा छुटे।

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई सार्वजनिक स्थानमा कुटपिट गरेसँगै मनाङेले बुधबार प्रहरीमा दिएको उजुरीका आधारमा कास्की प्रहरीले जिल्ला प्रशासन कार्यालय कास्कीबाट पक्राउ पुर्जी जारी गर्दै बिहीबार मनाङेलाई पक्राउ गरेको थियो ।

पीडित गुरुङले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरीतको कसुर हुँदा निजलाई ठाडै पक्राउ गरी प्रचलित कानुनअनुसार हदैसम्मको सजाय गरी पाउँ भनी जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए ।

पक्राउपछि प्रहरीले उनलाई सार्वजनिक अपराध अर्न्तगत अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।

आइतबार प्रशासनमा लैजानु पूर्व जिल्ला सरकारी वकिलको कार्यालयमा मनाङेसँग बयान लिइएको थियो । यसअघि शुक्रबार दुई दिन म्याद थप गरेसँगै पक्राउ परेको चार दिनमा उनी छुटेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*