प्रतिनिधिसभा सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित

तु खबर संवाददाता
२०७६ माघ १२, आईतवार १६:०३
file-photo

मकवानपुर, १२ माघ । प्रतिनिधिसभा सभामुख पदमा नेपाल कम्युनिष्ट पार्टीका नेता अग्नि सापकोटा र्निविरोध निर्वाचित भएका छन् । नेता सापकोटा आईतबार बसेको प्रतिनिधिसभाको बैठकबाट र्निविरोध सभामुख पदमा निर्वाचित भएका हुन् ।

यही माघ ५ गते नेकपाको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुख पदमा नेता सापकोटालाई सभामुख बनाउन सहमति जुटेको थियो ।

सोही अनुरुप आईतबार प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रस्ताव गरेका थिए भने उक्त प्रस्तावलाई देव गुरुङ, ओनसरी घर्ती र लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही माघ १४ गते बस्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*