मकवानपुरका चार नेताले गरे विप्लव नेकपा परित्याग
हेटौंडा, १२ माघ । मकवानपुरका चार जना नेताले सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेका छन् ।
नेकपा विप्लव मकवानपुरको जिल्लास्तरका ४ जना नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । अक्कल बहादुर गोले ‘धावा’, गीता कार्की र अर्जुन चौलागााईं र नारायण प्रसाद गौतमले पार्टी परित्याग गरेका हुन् । चारै जना नेकपा मकवानपुरको सदस्य छन् ।
उनीहरुले शान्तिपूर्ण व्यक्तिगत र सामाजिक जिवनमा असहज परिस्थिति भएकोले पार्टी परित्याग गरेका बताएका छन् । प्रेस विज्ञप्ति जारी गर्दै देशमा वैदेशिक शक्तिको हस्तक्षेप, भष्ट्राचार, कालोबजारी, कमिसनखोर र दलाल प्रवृतिले नेपाली जनताको जीवन झन कष्टकर बन्दै गएको बताएका छन् ।
उनीहरुले गैरराजनीतिक, सामाजिक र नागरिक अभियान्ताहरुको अभियान राष्ट्रिय जनसरोकार मञ्च मकवानपुरमा आवद्ध रहेर बाँकी जिवन देश र जनताको लागि स्वतन्त्र पुर्वक सामाज परिवर्तन गर्न जनअपेक्षामा लाग्ने प्रतिबद्धता जनाएका छन् ।
