बागमती प्रदेशसभा बैठक आज बस्दै

तु खबर संवाददाता
२०७६ माघ १२, आईतवार ०९:४३

हेटौंडा, १२ माघ । प्रदेशको स्थायी राजधानी र नामकरणपछि बागमती प्रदेशसभा बैठक आज बस्दैछ ।

प्रदेशको राजधानी र नामाकरणको प्रस्तावमाथि पुस २७ गते मतदान भएपछि स्थगित प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्ने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

प्रदेशसभामा केही विधेयक दर्ता हुने कार्यक्रम रहेको सभामुख श्रेष्ठले बताए । बैठकको बाँकीे कार्यसूची भने कार्यव्यवस्था परामर्श समितिको बैठक बसेपछि तय हुने उनले बताए ।

प्रदेशसभाले हालसम्म ४५ वटा कानुन निर्माण गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*