तामाङ संघ मकवानपुरको आयोजनामा चियापान तथा शुभकामना आदानप्रदान

तु खबर संवाददाता
२०७६ माघ ११, शनिबार १४:१७

हेटौंडा, ११ माघ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तामाङ संघ मकवानपुरले २८५६ औँ सोनाम ल्होसारको अवसर पारेर चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

तामाङ संघ मकवानपुरका अध्यक्ष चम्फुरत्न लामाको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा शनिबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा काँग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदिप कोईराला, संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेललगायत पार्टी तथा भातृ शुभेच्छुक संघसंस्थाका जिल्ला पदाधिकारी एवं सदस्यहरुको सहभागीता रहेको थियो ।

तामाङ समुदायको सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व हेटौडा लगायत देशका विभिन्न भागमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*