मुख्यमन्त्री पौडेलद्वारा ल्होसारको शुभकामना व्यक्त
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तामाङ समुदायको २८५६ औँ सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री पौडेलले शनिबार एक शुभकामना सन्देश जारी गर्दै तामाङ भाषामा ल्होसारको शुभकामना दिएका हुन् ।
सन्देशमा मुख्यमन्त्री पौडेलले यस पर्वले नेपाली नेपालीबीच भाइचाराको विकास गर्न सकोस् भन्ने कामनासमेत गरेका छन् ।
“तामाङ जातिको सबैभन्दा ठूलो र महत्वपूर्ण चाड ल्होसारको अवसरमा बागमती प्रदेश एवं सम्पूर्ण देशवासी तामाङ दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । ” सन्देशमा उल्लेख छ ।
