सांसद दीपक मनाङ्गेलाई दुई दिन हिरासतमा राख्न अनुमति

२०७६ माघ १०,शुक्रबार १७:१९

काठमाडौं, १० माघ । गण्डकी प्रदेशसभाका सदस्य दीपक मनाङ्गेलाई प्रहरीले दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला प्रशासन कार्यालय, कास्कीले अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

सांसद मनाङ्गे जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेको आरोपमा बिहीबार पोखराको लेकसाईटबाट पक्राउ गरेका थिए ।

त्यस्तै मनाङ्गेविरुद्ध अभद्र व्यवहार सम्बन्धी जाहेरी दिने जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई पनि प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*