राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले दिए पदबाट राजीनामा
राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहाकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन् ।
प्याकुरेलले शुक्रबार राष्ट्रपति समक्ष राजीनामा बुझाएका हुन् । उनी २०७४ चैतमा राष्ट्रपतिका सल्लाहकार नियुक्त भएका थिए ।
उनको राजीनामा सभामखु चयन विषयलाई लिएर रहेको बुझिएको छ।
