बागमती प्रदेशसभा बैठक माघ १२ गते बस्दै
हेटौंडा, १० माघ । प्रदेशको स्थायी राजधानी र नामकरणपछि बागमती प्रदेशसभा बैठक माघ १२ गते बस्ने भएको छ ।
प्रदेशको राजधानी र नामाकरणको प्रस्तावमाथि पुस २७ गते मतदान भएपछि स्थगित प्रदेशसभा बैठक माघ १२ गते बस्ने भएको हो । सभामुख सानुकुमार श्रेष्ठका अनुसार बैठक आइतबार दिउँसो ३ बजे बस्नेछ ।
प्रदेशसभामा केही विधेयक दर्ता हुने क्रममा रहेको सभामुख श्रेष्ठले बताए । बैठकको बाँकीे कार्यसूची भने कार्यव्यवस्था परामर्श समितिको बैठक बसेपछि तय हुने उनले बताए ।
प्रदेशसभाले हालसम्म ४५ वटा कानुन निर्माण गरिसकेको छ । प्रदेशसभाको पाँचौ अधिवेशन विशेष गरी निजामति, प्रहरी तथा पर्यटन विधेयक निर्माणमा केन्द्रित हुनेछ । हाल प्रदेशसभाअन्तर्गत समितिमा समेत आवश्यक छलफलका लागि विधेयक उपलब्ध छैनन् ।
