बागमती प्रदेशमा वेदुराम भुसाल र गंगा बेलवासे निर्वाचित

तु खबर संवाददाता
२०७६ माघ ९,बिहीबार १९:३१

हेटौंडा, ९ माघ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत वागमती प्रदेशमा नेकपाका उम्मेदवार बेदुराम भुसाल र गंगा बेलवासे निर्वाचित भएका छन् ।

अन्य समुहबाट भुसाल ६ हजार ८ सय १० मतभार प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका हरिशरण श्रेष्ठ थिए।

महिलातर्फ नेकपाकै गंगा बेलवासे विजयी भएकी छिन् । बेलवासेले ६ हजार ८ सय २८ मत प्राप्त गरिन्। वेलवासेसँग कांग्रेसकी छलिकुमारी उपाध्यायले प्रतिस्पर्धा गरेकी थिइन्।

रिक्त १८ पदका लागि बिहीवार निर्वाचन भएको हो। वाग्मती प्रदेशमा २ पदका लागि निर्वाचन भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*