राष्ट्रिय सभा निर्वाचन : आज मतदान हुँदै
मकवानपुर । राष्ट्रिय सभाको निर्वाचनअन्तर्गत बिहीबार (आज) मतदान हुँदैछ । १८ सदस्यका लागि आज हुने मतदान बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।
सातवटै प्रदेशबाट गरी १८ जना राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुने छन्। निर्वाचनमा ५ सय ५० प्रदेशसभा सदस्य र १ हजार ५ सय ६ स्थानीय तहका प्रमुख, उपप्रमुख गरी २ हजार ५६ मतदाता छन्।
निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १८ हुनेछ। निर्वाचन हुने १८ पदमध्ये महिला समूहबाट सात, दलितबाट दुई, अपांग र अल्पसंख्यकबाट दुई र खुलातर्फ सात जना छन्।
राष्ट्रिय सभामा रिक्त हुने १९ सिटमध्ये १८ जना बहुमतीय प्रणालीबाट चयन हुने आयोगले जनाएको छ।
१८ सिटका लागि विभिन्न दलका गरी ४५ जना उम्मेदवार छन्। एक सिटमा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन्।
