बाँस्कोटाले भने झोले वृद्धाश्रम बन्द गरौँ (भिडियो )

२०७६ माघ ८,बुधबार १९:०४

मकवानपुर, ८ माघ । निवर्तमान प्रमुख आयुक्त एवम् जेष्ट नागरिक महासंघका सल्लाहकार कृष्णहरि बाँस्कोटाले सबै नागरिकले एक दिन बुढो हुनुपर्ने तथ्यबारे जानकारी दिनुपर्ने बताएका छन् । जेष्ट नागरिक महासंघको हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै बाँस्कोटाले यस्तो बताएका हुन् ।

कार्यक्रममा बाँस्कोटाले वृद्धाआश्रम सक्नेले चलाउनु पर्ने धारणा समेत राखेका छन् । उनले वृद्धवृद्धाको बिजोग देखाएर वृद्धाश्रम संचालन भइरहेको समेत स्पष्ट पारेका
छन् । त्यस्तो काम छोडौँ, बाँस्कोटाले कार्यपत्र प्रस्तुत गर्दै भनेका छन् ।

वृद्धाश्रम लाथालिङ रुपमा संचालन गरिएको तर्फ संकेत गर्दै बाँस्कोटाले झोले वृद्धाश्रम बन्द गर्न आग्रह समेत गरे ।

हेर्नुहोस् भिडियो –


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*