मकवानपुर खेलकुद विकास समिति अध्यक्षमा सानु लामा

तु खबर संवाददाता
२०७६ माघ ७, मंगलवार २०:५९

हेटौंडा, ७ माघ । बागमती प्रदेश खेलकुद विकास परिषद्ले प्रदेशका १३ वटै जिल्लाको नेतृत्व टुंगो लगाएको छ ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा सानु लामालाई परिषद्ले चयन गरेको हो । अध्यक्षको लागि मकवानपुरका लामासहित ३ जनाको नाम सिफारिसमा परेको थियो ।

परिषद्को आज मंगलबार बसेको बैठकले खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा युवा नेता लामालाई चयन गरेको हो । उनले तु खबरसँग कुरा गर्दै जिल्लाको समग्र खेलकुद क्षेत्रको विकास गर्न सबैको आवश्यक रहेको बताए ।

परिषद्ले मकवानपुरमा लामासहित सिन्धुपाल्चोकमा शिव देउजा, सिन्धुलीमा खडक रजन मगर, काठमाडौंमा अरुण बस्नेत, चितवनमा प्रल्हाद प्रधान, धादिङमा प्रताप सिं तामाङ, रसुवामा दावा तामाङ, काभ्रेमा मानवीर लामा, नुवाकोटमा बुद्धिमान तामाङ, ललितपुरमा भरत प्रसाद पराजुली, रामेछापमा राजेश श्रेष्ठ, दोलखामा रोहित खड्का, भक्तपुरमा श्रीभक्त काशीछवालाई चयन गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*