प्रतिनिधिसभा सभामुख : नेकपाबाट मात्रै उम्मेदवारी दर्ता

तु खबर संवाददाता
२०७६ माघ ७, मंगलवार १५:५३
file-photo

काठमाडौं, ७ माघ । यही माघ १२ गते हुने प्रतिनिधिसभाको सभामुखका लागि नेकपाबाट मात्रै उम्मेदवारी दर्ता गराएका छन् ।

गत असोज महिनादेखि रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पदको लागि यही माघ १२ गते चुनाब हुँदैछ । चुनाबको लागि नेकपाबाट सांसद अग्निप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।

पूर्वसभामुख एवम् नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङको प्रस्ताव र प्रमुख सचेत देव गुरुङ्, पूर्वसभामुख ओनसरी घर्ती र राजपाका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले उम्मदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा अन्य कुनै पनि पार्टीबाट उम्मेदवारी नपरेको संघीय संसद सचिवालयले जनाएको छ ।

उम्मेदवारी दर्ताका लागि मंगलबार बिहान ११ बजेदेखि २ बजेसम्मको समय निर्धारण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*