सभामुख चयनका लागि आज मनोनयन दर्ता हुने

तु खबर संवाददाता
२०७६ माघ ७, मंगलवार ०९:३६
file-photo

प्रतिनिधिसभाको नयाँ सभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदैछ । सभामुख चयनको लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।

प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सोमबार बैठकको अध्यक्षता गर्दै सभामुखको चुनाव १२ गते गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिए ।

सोही अनुरुप संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका रहेको हो ।

यसैगरी आज दिउँसो साढे दुई बजे उम्मेदवारको सूची सार्वजनिक गरिनेछ ।

नेकपाले सभामुखमा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। विपक्षी कांग्रेसले भने अहिलेसम्म उमेद्वारी दिन नदिने निर्णय गरेको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*