काँग्रेस निकट आदिवासी जनजाती संघ हेटौंडाको अध्यक्षमा लामा
हेटौंडा, ४ माघ । नेपाली काँग्रेस निकट नेपाल आदिवासी जनजाती संघ हेटौंडा उपमहानगर समितिको अध्यक्षमा हर्करत्न लामा चयन भएका छन् ।
नेपाली काँग्रेस मकवानपुरको पार्टी कार्यालयमा शनिबार भएको भेलाले लामाको अध्यक्षतामा २५ सदस्यीय नगर समिति चयन गरेको हो ।
भेलाले समितिको उपाध्यक्षमा सुश्मा श्रेष्ठ, सचिव शर्मिला मुक्तान, सह–सचिव बुद्धिलाल स्याङतान र कोषाध्यक्षमा नितेश लामालाई चयन गरेको छ ।
यसैगरी समितिको सदस्यहरुमा क्रमशः रेशमकुमार श्रेष्ठ, अर्जुनलाल श्रेष्ठ, मनोज थिङ, राजेश श्रेष्ठ, मिना लामा, जोगमाया तामाङ, अशोक डिमडुङ, कमला लामा, रोशन गोले, प्रेम गुरुङ, डोल्मा स्याङबो, लवाङ लामा, गणेश मुक्तान, धनराज प्रजा, बुद्धिमान वाइवा, बिमला थिङ, पारसमणी थिङ, प्रेमजी श्रेष्ठ, कञ्चन राई र लक्ष्मण हिरक मगर रहेका छन् ।
भेला जनजाती आदिवासी विभाग मकवानपुरका अध्यक्ष भिमबहादुर भोम्जनको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
