सागमा पदक जित्ने मकवानपुरे खेलाडी पुरस्कृत

तु खबर संवाददाता
२०७६ पुष २९,मंगलवार १८:०८

हेटौंडा, २९ पुस । हेटौंडा उपमहानगरपालिका र जिल्ला समन्वय समिति मकवानपुरले संयुक्त रुपमा दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडीलाई परस्कृत गरेको छ ।

सागमा मकवानपुरका खेलाडीले ४ स्वर्ण, ४ रजत र ५ कास्य नेपाललाई दिलाएका थिए । करातेमा महसुस मोक्तान, फुटबलमा सुनिल बल तथा तेक्वान्दोमा सञ्जीवकुमार ओझा र निशा दर्नालले स्वर्ण पदक जितेका थिए ।

शिलु डंगोलले उसु, माया स्याङ्तान र निकेश मगर बास्केट बल तथा ह्यान्ड बलमा देवकुमारी बाँस्कोटाले रजत पदक हात पर्दा करातेमा रिता कार्की, उसुमा हरिप्रसाद गोले, खोखोमा राजन बल तथा बक्सिङमा पुरन राई र विकास लामाले कास्य पदक जिते ।

१३ औं सागमा स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीलाई आज मंगलबार नगदसहित पुरस्कृत गरिएको हो । उपमहानगरपालिकाले स्वर्ण विजेतालाई जनही १ लाख, रजत विजेतालाई जनही ७५ हजार र कास्य विजेतालाई जनही ५० हजार नगद सहित पुरस्कृत गरिएको छ । उपमहानगरपालिकाले उसुका प्रशिक्षकलाई २५ हजार र अन्य प्रशिक्षकलाई ७ हजारका दरले पुरस्कृत गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरले स्वर्ण विजेतालाई २५ हजार, रजत विजेतालाई २० हजार र काश्य विजेतालाई १५ हजार सहित पुरस्कृत गरेको छ । समितिले प्रशिक्षकलाई ५ हजारका दरले पुरस्कृत गरेको छ ।

सागमा पदक जित्ने मकवानपुरे खेलाडीहरुलाई नगर परिक्रमा गराइएको थियो । जिल्ला खेलकुद विकास समितिबाट खेलाडीहरुलाई गाडिमा चढाउँदै नगर परिक्रमा गराइएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*