धुलिखेलको पक्षमा ३ मत मात्र

तु खबर संवाददाता
२०७६ पुष २७, आईतवार १०:५१

हेटौंडा, २७ पुस । सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभामा धुलिखेललाई राजधानी बनाउने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मतदान परिणाम सार्वजनिक गरिएको छ ।

सांसदहरुलाई आफ्नो मत सच्याउन ३ मिनेटको समय सकिएसँगै धुलिखेलको पक्ष र विपक्षमा सांसदहरुले दिएको मत परिणाम सभामुख श्रेष्ठले सार्वजनिक गरेका हुन् ।

विवेकशील नेपाली दलका सांसद रमेश पौड्याल, विराज भक्त श्रेष्ठ र साझा पार्टीकी सांसद शोभा शाक्यको ३ मतमात्र काभ्रेको पक्षमा भएको सभामुख श्रेष्ठले सभामा जानकारी गराए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*