सजिलो सहकारीको ९ औं साधारणसभा
हेटौंडा, २५ पुस । सजिलो उपभोक्ता सहकारी संस्था लिमिटेडको ९ औं साधारणसभा भएको छ ।
संस्थाका अध्यक्ष शेरबहादुर पहारीको अध्यक्षमा तथा हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।
सहकारीका अध्यक्ष शेरबहादुर पहरीले सहकारीको वार्षिक प्रतिवेदन पेश गरेका थिए भने सचिव ध्रुब अधिकारीले कार्यक्रम संचालन गरेका छन् । हेटौंडा जेसिजका नवनिर्वाचित अध्यक्ष राजदेव बनियाँ, महेश सिग्देल लगायतकाले बोलेका थिए ।
