मकवानपुरको फाखेलमा राजधानी राखौं– सांसद राजेन्द्रमान श्रेष्ठ

तु खबर संवाददाता
२०७६ पुष २४, बिहीबार १६:५५

हेटौंडा, पुस २४ । आज हेटौंडामा जारी प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्य राजेन्द्रमान श्रेष्ठले सकेसम्म काभ्रेमा राजधानी राखौं त्याहाँ सम्भव नभए मकवानपुरको फाखेलमा राजधानी राख्न आग्रह गरेका छन् ।

उनले फाखेलमा राजधानी राख्न नयाँ शिराबाट बहस र छलफल गर्न आग्रह गरे । श्रेष्ठले प्रदेशको शक्ति केन्द्रहरुलाई तीन जिल्लामा बाँडफाँड गर्न सुझाव दिए ।

काभ्रेमा कार्यपालिका, ललितपुरमा व्यवस्थापिका र हेटौंडामा न्यायपालिका राखेर बाँडफाँड गर्न सांसद श्रेष्ठले आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*