इतिहासमै पहिलो पटक संसदमा चेपाङ भाषाबाट संबोधन

तु खबर संवाददाता
२०७६ पुष २४, बिहीबार १६:२०

हेटौंडा, २४ पुस । हेटौंडामा जारी प्रदेशसभा बैठकमा मकवानपुरबाट निर्वाचित प्रदेशसभा सदस्य सन्त बहादुर चेपाङले सम्भवत इतिहासमै पहिलो पटक चेपाङ भाषामा संसदमा संबोधन गरेका छन् ।

नेपालको संसद इतिहासमा मैथिली, हिन्दी, भोजपुरी आदि जस्ता विभिन्‍न भाषामा सम्बोधन हुने गरेको भए पनि चेपाङ भाषामा सम्बोधन भएको थिएन।

उनले चेपाङ भाषामा संबोधन गर्दा सांसदहरुले मुखामुख गरेका थिए । उनले प्रदेशको राजधानी हेटौंडा उपयुक्त भएको बताए । चेपाङ भाषालाई पनि जोडेर प्रदेशको नाम सन्त बहादुर चेपाङले राख्न आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*