संसदीय दलको बैठक विवादबीच स्थगित, २२ गते बस्ने

तु खबर संवाददाता
२०७६ पुष २०, आईतवार १७:५९

हेटौंडा, २० पुस । नेकपा संसदीय दलको बैठक स्थगित भएको छ । २२ गते पुनः बस्ने गरी बैठक स्थगित भएको छ ।

हेटौंडास्थित मुख्यमन्त्री निवासमा शुक्रबारदेखि जारी दलको बैठक आइतबारसम्म लम्बिएको थियो । आइतबारसम्म ६३ जना सांसदहरुले आफ्ना धारणा राखेका छन् ।

बैठकमा विवाद भइरहेपछि २२ गते पुनः बस्ने गरी स्थगित भएको हो । बैठकमा प्रदेश ३ को राजधानी र नामाकरणको विषयमा भइरहेको विवाद सुल्झिएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*