नेकपा नेता प्रल्हाद लामिछानेको दाबी– राजधानीको लागि हेटौँडा नै अब्बल
प्रदेश नं. ३ को राजधानी हेटौँडामै कायम गर्ने र प्रदेशको नाम बागमती राख्ने सत्तारुढ नेकपाको सचिवालयले निर्णय गरेपछि २ वर्षदेखि कायम रहेको अन्यौलता हटेको छ । नेकपा सचिवालयको उक्त निर्णयलाई लिएर कतै खुसी र बधाई साटासाट भइरहेको छ भने कतै राजधानी र नामको विषयलाई लिएर विरोध र असन्तुष्टिका स्वरहरु पनि सुनिन थालेका छन् । खास गरी प्रदेशको नामाकरण र राजधानी तोक्ने काम प्रदेशसभाकै भएकोले यसमा पार्टीले हस्तक्षेप र ह्विप लगाउन नहुने कतिपयको तर्क रहेको छ । राजधानी पायक, अपायक वा नामाङकन पहिचान विरोधी जे भएपनि संविधानको व्यवस्था विपरित प्रदेशसभाको अधिकार खोसेर पार्टी केन्द्रले नै निर्णय फैसला सुनाउनु संविधान र संघीयताको मर्म विपरित रहेको कतिपय मान्छेको तर्क रहेको छ ।
यसमा आंशिक सत्यता अवस्य छ, किनकी प्रदेशको नाम राख्ने र राजधानी तोक्ने काम अरु कसैको नभएर प्रदेशसभाकै अधिकार क्षेत्र हो । तर, उक्त अधिकार प्रयोग गरेर २ वर्षसम्म प्रदेशसभाले किन नाम राख्न र राजधानी तोक्न सकेन ? यसैको उत्तर स्वरुप नेकपाको सचिवालयले नाम र राजधानी बारेको गाँठो फुकाएर प्रदेशसभालाई निर्णय गर्न सहज तुल्याएको हो, प्रदेशसभाको अधिकार खोसेर आफुले प्रयोग गरेको होइन । आफ्ना पार्टीका प्रदेशसभा सदस्यहरुलाई निर्देशन गर्न सक्र्दछ । तर, अर्को पार्टीका सदस्यलाई सक्दैन । नेकपाको सचिवालयले प्रदेशसभाका आफ्ना सदस्यलाई निर्देशन गर्दा त्यो संविधान विपरीत हुँदैन । त्यसलाई नमान्ने, अस्विकार गर्ने वा अन्यथा निर्णय गर्ने अधिकार प्रदेशसभाका सदस्यहरुलाई छ । तर, त्यसो गर्दा पार्टीले आगामी दिनमा गर्न सक्ने आन्तरिक कारबाहीलाई स्विकार्ने हिम्मत चाहीँ गर्नुपर्दछ ।
आफ्ना पार्टीका प्रदेशसभा सदस्यहरुलाई निर्देशन गर्न सक्र्दछ । तर, अर्को पार्टीका सदस्यलाई सक्दैन । नेकपाको सचिवालयले प्रदेशसभाका आफ्ना सदस्यलाई निर्देशन गर्दा त्यो संविधान विपरीत हुँदैन । त्यसलाई नमान्ने, अस्विकार गर्ने वा अन्यथा निर्णय गर्ने अधिकार प्रदेशसभाका सदस्यहरुलाई छ ।
प्रदेश नं. ३ मा नामाङकन र राजधानीका बारेको अन्यौलता लगभग समाप्त भएको छ । आगामी पुस २१ गते बस्ने प्रदेशसभाको बैठकले यस बारेमा औपचारिक निर्णय गर्नेछ । यहीबाट थहा हुन्छ कि नेकपा सचिवालयको निर्णय औपचारिक थिएन भन्ने कुरा । सचिवालयको निर्णय वा निर्देशन प्रदेशसभालाई नभएर प्रदेशसभाका आफ्ना पार्टीका सांसदहरुका लागि मात्रै थियो । यसमा कतिले विधि मिचियो, संविधान नै मिचियो भनेर रोइलो गर्नुको कुनै तुक छैन् । जसले जेजे भनेपनि दलिय व्यवस्थामा राजधानीको केन्द्रमा दलको निर्णय नै सर्वोपरी हुन्छ भन्ने सबैलाई थाहा छ । संविधान लेख्ने, जोगाउने र आवश्यक परे संशोधन गर्ने सबै कुरोको नेतृत्व दलहरुले नै गर्ने हो ।
हेटौँडालाई नं. ३ को राजधानी बनाउने नेकपाको निर्णयलाई प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस, राप्रपालगायतका पार्टीले समेत खुलेर समर्थन गरिसकेको सन्दर्भमा नेकपा भित्रैका केही नेता तथा प्रदेश सांसदहरुले विरोध गर्नु मनासिव होइन । आफ्नो जिल्लामा राजनीतिक छवि जोगाउनका लागि मात्रै भएपनि केही संसदहरुले विरोध र आपत्ति जनाउनु स्वभाविक छ । यसलाई पार्टीले अन्यथा मान्नु हुँदैन । तर, पार्टी केन्द्रको निर्णय र निर्देशन विपरीत मतदान गरे भने त्यसपछि चाहीँ पार्टी गम्भीर बन्नु पर्नेछ ।
त्यसरी हेर्दा प्रदेश नं. ३ को राजधानी चर्चा गरिरहेको अन्य ठाउँभन्दा हेटौँडा अब्बल छ । हेटौँडाको हावापानी न धेरै चिसो न धेरै गर्मी, रसणीय र हरियाली, राप्ती र कर्रा खोलाको किनार, पर्याप्त मात्रामा सरकारी कार्यालय र भवन, शहर विस्तार र विकास गर्न प्रसस्त स्थान, महेन्द्र राजमार्ग र पृथ्वी राजमार्गले छोएको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र समेत रहेको हेटौँडालाई प्रदेश नं. ३ को राजधानी बनाउनु सबैभन्दा उत्तम छनौँट हो ।
प्रदेश नं. ३ को नामाङकनको विषयलाई भन्दा राजधानीको विषयलाई लिएर मानिहरुका गुनासो धेरै छन् । खासगरी प्रदेशको राजधानी बिच भागमा र पाएक पर्ने गरी हुनुपर्दछ भन्ने धेरैको तर्क रहेको देखिन्छ । यसरी फित्ताले नापेर बिच भागमा राजधानी संसारमा कहीँकतै हुँदैन । न देशको राजधानी त्यसरी रहेको छ, न त प्रदेश, जिल्ला तथा गाउँ नगरका राजधानी र केन्द्र रहेको छ । नापेर केन्द्र भागमा राजधानी कायम गर्नुपर्दछ भन्ने माग नै अव्यवहारिक एवम् अस्वभाविक छ । नेपाल, भारत, चीन, अमेरिका, जर्मनी, फ्रान्स आदी कुनै पनि देशको राजधानी बिच भाग पारेर राखिएका छैनन् । बरु एउटा कुनामा राखिएका छन् ।
त्यस्तै प्रदेश र जिल्ला सदरमुकामहरु पनि बिच पारेर राखिएको छैनन् । राजधानी वा सदरमुकाम हुनका लागि आधारभूत कुरा केन्द्र वा मध्यमाग नभएर त्यहाँस्थित भौतिक पुर्वाधार, हावापानी, नदी, पहुँच अथवा कनेक्टीभिटी आदी आधारभूत शर्तहरु हुन् । त्यसरी हेर्दा प्रदेश नं. ३ को राजधानी चर्चा गरिरहेको अन्य ठाउँभन्दा हेटौँडा अब्बल छ । हेटौँडाको हावापानी न धेरै चिसो न धेरै गर्मी, रसणीय र हरियाली, राप्ती र कर्रा खोलाको किनार, पर्याप्त मात्रामा सरकारी कार्यालय र भवन, शहर विस्तार र विकास गर्न प्रसस्त स्थान, महेन्द्र राजमार्ग र पृथ्वी राजमार्गले छोएको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र समेत रहेको हेटौँडालाई प्रदेश नं. ३ को राजधानी बनाउनु सबैभन्दा उत्तम छनौँट हो ।
खासमा काठमाडौंमा बसेर बनेपा, धुलिखेल ओहोरदोहोर गर्ने मनसायीले नै त्यहाँको राजधानीको पक्षमा वकालत हुँदै थियो । त्यो सर्वथा उचित कदम हुँदैन । बनेपा धुलिखेर तुलानात्मक हिसाबले प्रदेशको अलिक बिच भागमा पर्ने तर्क बाहेक अन्य धेरै कुराले प्रदेशको राजधानी बन्न उपयुक्त होइन ।
तत्कालिन सरकारले हेटौँडालाई हचुवाको भरमा त्यतिकै अस्थायी राजधानी ताकेको होइन । भोली स्थायी बनाउन मिल्ने पर्याप्त आधार देखेर नै हेटौँडा रोजिएको थियो । अस्थायी राजधानी बनाउन मिल्ने तर, स्थायी गर्ने बेला अयन्त्रै साुर्नपर्ने कुनै पनि गतिलो कारण थिएन । प्रदेशको राजधानी र केन्द्रको राजधानी एकै ठाउँमा राख्न सुहाउँदैनथ्यो । काठमाडौं उपत्यका भित्रको चापलाई कम गर्न पनि प्रदेशको राजधानी उपत्यका बाहिर केही टाढा राख्नु बुद्धिमान हुन्थ्यो । हाल केही चर्चा गरेको भक्तपुर वा बनेपाल धुलिखेल हुनु भनेको अन्ततः काठमाडौंलाई चाप थुपार्ने काम हुन्थ्यो । खासमा काठमाडौंमा बसेर बनेपा, धुलिखेल ओहोरदोहोर गर्ने मनसायीले नै त्यहाँको राजधानीको पक्षमा वकालत हुँदै थियो । त्यो सर्वथा उचित कदम हुँदैन । बनेपा धुलिखेर तुलानात्मक हिसाबले प्रदेशको अलिक बिच भागमा पर्ने तर्क बाहेक अन्य धेरै कुराले प्रदेशको राजधानी बन्न उपयुक्त होइन । भौगोलिक अवस्थिति भौतिक पुर्वाधार, नदीनालाका किनार आदी हिसाबले उक्त ठाउँभन्दा हेटौँडा धेरै हिसाबले उत्तम छनौँट हो ।
प्रदेश नं. ३ को नाम र राजधानीको टुंगो लाग्ने बित्तिकै त्यसको दबाब अन्य बाँकी प्रदेशमा पर्नेछ । खासमा यो काम अघिल्लो १ वर्ष भित्र गरिसक्नु पर्ने थियो । पार्टी भित्रको आन्तरिक विवाद र नेताहरुका प्रतिष्ठाको लगाईमा परेर यो काम अधुरै रहेको हो । प्रदेशसभाले मतदान प्रकृयामा लागेर दुईतिहाई बहुमतले पास नगरुन्जेल अस्थायी नै भईरहने छन् ।
नेपाल संघीय संरचना गइसकेपछि बनेका ७ वटा प्रदेशमध्ये अहिलेसम्म ३ वटा प्रदेशले मात्रै आफ्नो नाम र राजधानी टुंग्याएका छन् । यसमा अबको एकसाताभित्र प्रदेश नं. ३ ले पनि नाम र राजधानी टुंग्याउने छन् । प्रदेश नं. २, २ र ५ अर्कै यस विषयमा अनिर्णित छन् । प्रदेश नं. ३ को नाम र राजधानीको टुंगो लाग्ने बित्तिकै त्यसको दबाब अन्य बाँकी प्रदेशमा पर्नेछ । खासमा यो काम अघिल्लो १ वर्ष भित्र गरिसक्नु पर्ने थियो । पार्टी भित्रको आन्तरिक विवाद र नेताहरुका प्रतिष्ठाको लगाईमा परेर यो काम अधुरै रहेको हो । प्रदेशसभाले मतदान प्रकृयामा लागेर दुईतिहाई बहुमतले पास नगरुन्जेल अस्थायी नै भईरहने छन् । यति काम पार्टी केन्द्रको निर्देशन नभएसम्म गर्न नसकिएको जगजाहेर हुँदाहुँदै आफ्नो दैलामा राजधानी आएन भनेर पार्टीकै निर्णय बेठिक र असंवैधानिक भन्नु मुर्खता हो । पार्टीले त निर्णय गर्न सजिलो होस् प्रदेशसभालाई सहजीकरण गरेको हो । निर्देशन गरेको वा फैसला सुनाएको होइन ।
दलीय व्यवस्थामा पार्टीले आफ्ना मातहतका सदस्यलाई निर्देशन गर्नु अनुचित हुँदैहोईन । बाँकी काम औपचारिक ढंगले निर्णय गर्ने अधिकार प्रदेशसभालाई नै छ, जो आगामी बैठकले गर्ने नै छ । हेटौँडालाई प्रदेशको राजधानी बनाउँन मद्दत गर्ने नेकपाको सचिवालय मुख्यमन्त्री डोरमणि पौडेल, प्रतिपक्ष नेपाली काँग्रेसलगायतका दलहरु धन्यवादका पात्र हुन् । अस्थायी राख्न पहल गर्ने राप्रपाका अध्यक्ष कमल थापा र तत्कालिन सरकार प्रमुख काँग्रेस सभापति शेरबहादुर देउवा पनि मकवानपुरे जनताले धन्यवाद दिनुपर्ने नाम हो । हेटौँडाका लागि सबैभन्दा ठूलो चुनौति रहेको सडक पूर्वाधार र विशेषता केन्द्रीय राजधानी जोड्ने बाटोहरु धेरै वटा भएपनि जोखिमपूर्ण र साँघुरा छन् । त्यसलाई स्तरउन्नती गर्न र धेरै पहिलेदेखि चर्चामा रहेको सुरुङमार्गलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर काम गरे हेटौँडा टाढा भयो, बाटो अप्ठेरो भयो भन्नेहरुको आवाज पनि मत्थर हुनेछ । प्रदेश सरकार अब त्यस दिनमा अघि बढोस् ।
(लेखक–नेकपाका युवा नेता प्रल्हाद लामिछाने समसायिक विषयमा लेख्न रुचाउँछन् ।)
यो पनि पढ्नुहोस्
- हेटौंडालाई प्रदेश ३ को स्थायी राजधानी बनाउने निर्णयप्रति मेरो समर्थन : बानियाँ
- नेकपाको निर्णयः राजधानी हेटौंडा, नाम बाग्मती
- ‘दुई तिहाई सदस्यहरु राजधानी हेटौंडाबाट सार्ने पक्षमा’
- ‘हामी नाममात्रैको प्रदेश सदस्य, सबै काम केन्द्रले गरोस्’– राजेन्द्र पाण्डे
- हेटौंडा राजधानी बनाउने नेकपा निर्णयको स्वागत गर्छु : कमल थापा
- जब प्रचण्ड हेटौंडा आए, त्यसपछि तात्यो नेकपा
- अहिले ६ बजे मन्त्रीपरिषद् बैठक बस्दै, प्रदेशसभा बैठक बोलाउन सभामुखलाई सिफारिस गरिने
- प्रदेश ३ को राजधानी र नाम पुसभित्रै टुङ्गिने
- प्रदेशसभा बैठक पुस २१ गते दिउँसो ३ बजे बोलाउन प्रदेश प्रमुखलाई सिफारिस
- राप्रपा केन्द्रीय सदस्य मधु अधिकारी लेख्छन् – यसकारण हेटौंडा स्थायी राजधानी
- माधव नेपालले बागमती प्रदेश भनेपछि खैलाबैला
- त्यो सरकारमा कमल थापा नभएको भए…
