उद्योग संघ मकवानपुरको भवन उद्घाटन

तु खबर संवाददाता
२०७६ पुष १६,बुधबार १३:३५

हेटौंडा, १६ पुस । उद्योग संघ मकवानपुरको नयाँ भवनको आज बुधवार उद्घाटन गरिएको छ । हेटौंडाका नगर प्रमुख हरिबहादुर महतले भवनको उद्घाटन गरे ।

९५ लाख रुपैयाँ लागतमा संघको सचिवालय तथा व्यवसाय स्रोत केन्द्र भवन निर्माण भएको हो । कार्यक्रममा बोल्दै प्रमुख महतले हेटौंडामा उद्योग स्थापना गर्न स्थानीय सरकार सकारात्मक भएको बताउँदै उद्योगिले सल्लाह र सुझाव दिन आग्रह गरे ।

संघको सुविधा सम्पन्न भवनमा हल निर्माण गरिएको छ । भवनको भित्रि भागमा अझै निर्माण कार्य बाँकी रहेको र थप २० लाख रुपैयाँ वढी लाग्ने संघ मकवापनुरका अध्यक्ष नवराज अर्यालले बताए ।

कार्यक्रममा उद्योग संघका पूर्व अध्यक्षहरु माधव अधिकारी, ऋषिराम घिमिरे, नेपाली कांग्रेस मकवानपुरका पुर्व सभापति रामचन्द्र अर्याललगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*