प्रदेश ३ लाई पर्यटनको ‘हब’ बनाउन १ अर्ब ३५ करोड खर्चिँदै

तु खबर संवाददाता
२०७६ पुष १६,बुधबार १२:२६

हेटौंडा, १६ पुस । प्रदेश ३ सरकारले भ्रमण वर्ष सन् २०२० भव्यरुपमा मनाउने भएको छ । मकवानपुरलगायत प्रदेशका सबै जिल्लामा भ्रमण वर्षको सुरुवात भइसकेको छ ।

प्रदेश ३ पर्यटनमा प्रचुर सम्भावना बोकेको प्रदेश हो । नेपालकै प्रसिद्ध धार्मिक स्थल, पदमार्ग, जलाशयलगायतका पर्यटकीय क्षेत्र यही प्रदेशमा छ ।

प्रदेश ३ सरकारले भ्रमण वर्ष सन् २०२० को तयारी र सन् २०२० देखि सन् २०३० सम्मको भ्रमण दशकको पूर्वाधार निर्माण गर्न चालु आर्थिक वर्ष १ अर्ब ३५ करोड रुपैयाँ खर्च गर्ने भएको छ ।

यो रकम प्रदेशलाई पर्यटनको ‘हब’ बनाउन विभिन्न जिल्लाका पर्यटकीय स्थलसम्म पुग्ने सडक सुधार, पर्यटकीय पार्क निर्माण, भ्यू टावर, पर्यटकीय पदमार्ग निर्माण, बगैंचा, पार्किङस्थल, धार्मिक पर्यटकीय सर्किट निर्माणलगायतमा खर्च गरिने उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

रकम प्रदेश पर्यटन विकास आयोजनामार्फत खर्च हुनेछ । आयोजनाले प्रदेश ३ का १३ वटै जिल्लाको प्रमुख पर्यटकीय क्षेत्रको पहिचान गरी त्यसको विकासमा लागि परेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*