नेपाली बजारमा आज सुनचाँदीको भाउ बढ्यो, कति पुग्यो तोलाको ?

तु खबर संवाददाता
२०७६ पुष १५, मंगलवार १३:३१
file-photo

मकवानपुर, १५ पुस । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २०० रुपैयाले बढेको हो ।

सोमबार प्रतितोला ७३ हजार ३०० मा कारोबार भएको सुन मंगलबार २०० रुपैयाले बढेर ७३ हजार ५०० मा कारोबार भइरहेको छ ।

यस्तै महासंघका अनुसार आज चाँदीको पनि भाउ बढेको छ । आज चाँदी ५ रुपैयाँले बढेर ८९० मा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलामा रु ८८५ रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*