हेटौँडामा पहिलो पटक साइकलिङ अफरोड च्याम्पियन सिप हुँदै, सबै तयारी पुरा

तु खबर संवाददाता
२०७६ पुष ११,शुक्रबार ०८:११

हेटौँडा, ११ पुस । प्रदेश नं. ३ को राजधानी हेटौंडामा पहिलो पटक साइकलिङ अफरोड च्याम्पियनसिपको तयारी पुरा भएको छ ।

हेटौंडा राइर्डस क्लबको आयोजनामा डिसेम्बर २८ अर्थात पुसको १२ गते शनिबार (भोली) च्याम्पियनसिप हुन लागेको क्लबका अध्यक्ष विकास ताम्राकारले बताए ।

मकवानपुरगढी गाउँपालिकाको कार्यालय, लक्ष्मण साइकल स्र्टोस र न्यू आर्यतारा ज्वेर्लस हुप्रचौर लगायत विभिन्न संघ संस्थाको सहयोगमा च्याम्पियनसिप हुन लागेको अध्यक्ष ताम्राकारले बताए ।

क्लबले विभिन्न कार्यक्रम गर्दै आइरहेको बेला भ्रमण वर्ष २०२० को अवसरमा च्याम्पियनसिप कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ ।

देशका विभिन्न शहर हेटौंडा, काठमाडौं, दाङ, धरान, निजगढ, सिमरा चितवन लगायत राष्ट्रिय स्तरका साइकिलिस्टहरुको सहभागिता रहने उक्त प्रतियोगितामा ४० जना भन्दा बढीले आफ्नो नाम दर्ता गराएका क्लबका सचिव सुरेन्द्र अर्यालले बताए ।

शनिबार विहान ८ बजेबाट सामरीपुलबाट सुरु हुने च्याम्पियनसिपमा सहभागिहरु मकवानपुरगढीको वडा ५ र ६ साविक आमभञ्ज्याङको डुम्रेकुना बाट वडा २ बाँसपानी हुदैं शिकरकटेरी वडा ३ को मक्रान्चुली पुगिने रुट रहेको अध्यक्ष ताम्राकारले बताए ।

मक्रान्चुलीबाट हेटौंडा ५ पिप्ले निस्केर सानोपोखरा हुदैं हुप्रचौरमा सञ्चालन हुने सडक खाना महोत्सवमा पुगी समापन हुने अध्यक्ष ताम्राकारले बताए ।

च्याम्पियनसिपमा सहभागिता जनाउन एक हजार दर्ता शुल्क लाग्ने छ ।

विजेताहरुलाई प्रथमलाई ५० हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार नगदसहित ट्रफी, मेडल प्राप्त गर्नेछ ।

च्याम्पियनसिपमा सहभागिता मध्ये ४० वर्ष माथीको एक जना साइकललिस्ट लाई उत्कृष्ट घोषित गरि २० हजार बराबरको साईकल पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताभर सानिमा लाईफ इन्सोरेन्सको २ लाख ५० हजार बराबरको विमा सुविधा पनि रहेको आयोजकले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*