दोश्रो वी.पी कप फुटवल : हेटौँडा–१ को विजयी सुरुवात

तु खबर संवाददाता
२०७६ पुष १०,बिहीबार १६:३२

हेटौंडा, १० पुस । हेटौँडा–४, हुप्राचौरमा आजबाट सुरु भएको दोश्रो वी.पी. कप फुटवल प्रतियोगितामा हेटौँडा–१ ले विजयी सुरुवात गरेको छ ।

नेपाल राष्ट्रिय लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको आयोजनामा आजबाट सुरु भएको प्रतियोगितामा ट्राईब्रेकरमा साविक विजेता बकैयालाई २–१ ले हराउँदै हेटौंडा १ ले विजयी सुरुवात गरेको हो ।

पुस १६ गतेसम्म हुने उक्त प्रतियोगितामा मकवानपुरका ७ गाउँपालिका, थाहा नगर र हेटौंडा उपमहानगरपालिकाका गरी २२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद ५० हजारसहित रनिङ शिल्ड, दोश्रो हुने टिमले नगद २५ हजारसहित शिल्ड प्राप्त गर्नेछन् ।

हरेक दिन म्यान अफ द म्याच हुने खेलाडी, बेष्ट प्लेयर, किपर, उत्कृष्ट डेफेण्डिङ्गलगायतलाई नगद पुरस्कार राखिएको संघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*