मकवानपुरमा रुद्र पाख्रिन स्मृती कप फुटसल प्रतियोगिता हुने

२०७६ पुष १०,बिहीबार १०:१२

हेटौंडा, १० पुस । मकवानपुरगढी गाउँपालिकामा पुस २८ गतेदेखि शहिद रुद्र पाख्रिन स्मृती कप फुटसल प्रतियोगिता २०७६ हुने भएको छ ।

१७ औं स्मृती दिवस पारेर शहिद रुद्र पाख्रिन स्मृती पार्कको आयोजनामा मकवानपुरका १० वटै स्थानीय तहहरुबाट प्रतिनिधित्व हुने गरी फुटसल प्रतियोगिता हुने भएको हो ।

उक्त प्रतियोगितामा ११ वटा टिमको सहभागितामा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले एक लाख, दोस्रो हुने टिमले ५० हजार, म्यान आफ द म्याच हुने खेलाडी, प्रतियोगिताको उत्कृष्ट खेलाडी, गोल रक्षक, स्ट्राईकरलाई समेत पुरस्कारको व्यवस्था रहेको प्रतियोगिताका संयोजक भीम पाख्रिनले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*